Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अख्तियार भन्ने वित्तिकै भ्रष्ट र अपराधी डराउनु पर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्ट अपराधी डराउने तर निर्दोष व्यक्ति खुशी हुने वातावरण बन्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले अख्तियारले स्वतन्त्ररुपमा काम गर्नुपर्ने पनि बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुधबार ३०औँ स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘आयोगले कुनैपनि व्यक्ति वा संस्थाकोविरुद्ध काम कारबाही अघि बढाउँदा अदालतमा मुद्दा दायर गर्नुपूर्व नै सो व्यक्ति वा संस्थाको यर्थातता बुझ्नु पर्ने र खराब भए मात्र कारबाही प्रक्रिया अघि बढाइनु पर्छ ।’

भर्खरै मात्र आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राई प्रमुख आयुक्त बनेका छन् भने पूर्व एआईजी जयबहादुर चन्द आयुक्त बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077