काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बेचेको आरोप लगाएका छन् ।
काठमाडौंमा भएको आफू निकट मजदुर संगठनको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले मदन भण्डारीको उत्तराधिकारी दावी गरेपनि त्यो स्वार्थ सिद्धिका लागि मात्रै भएको टिप्पणी गरे ।
नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा भएको कार्यक्रम असफल भएको नेपालले टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले दलाल पूँजीवादलाई प्रश्रय दिएको नेपालको आरोप थियो ।
Leave a Reply