Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखले सर्वोच्चमा मुद्दा हालेपछि प्रेम राईलगायतलाई आपत, नियुक्ति बदर हुन सक्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले ११ वटा संवैधानिक आयोगमा जबरजस्ती गरिएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

संबैधानिक आयोगमा भएको नियुक्तिको बदर माग गर्दै सापकोटाले आज सर्वोच्च अदालतमा उपस्थित भएर रिट दायर गरेका हुन् ।

रिटको पेशी आइतबारलाई तोकिएको छ ।

रिट निवेदनमा संवैधानिक आयोगमा गरिएका नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्नुपर्ने उल्लेख गरिएको छ ।

नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतलाई अब समस्या पर्ने देखिएको छ ।

स‌ंवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ ।

सभामुखले पेस गरेको निवेदनमा ३९ जनालाई विपक्षी बनाइएको छ।

सभामुख सापकोटासँग दाहाल–नेपाल नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका छन् ।

असंवैधानिक ढंगले ल्याएको अध्यादेशका आधारमा संवैधानिक परिषद्ले पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शीतलनिवासमा शपथ गराइएको थियो।

सोहि प्रकरणविरुद्ध सभामुख सापकोटा आज सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077