Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय अनुसन्धानका कर्मचारीको हत्यामा संलग्न ७ जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्या अभियोगमा ७ जनालाई कक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका–१८ लग्दहवा ठेगाना भएका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मि (बर्मा), सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका–१४ गुमि घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगंज उपमहानगरपालिका–४ बसपार्क डेरा गरी बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका–७ घर भएका तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बिएम रहेका छन् ।

यस्तै नेपालगंज उपमहानगरपालिका–६ फुलटेक्रा बस्ने १७ वर्षीय किशोर, नेपालगंज महानगरपालिका–५ बसपार्क ठेगाना भएका १६ वर्षीय किशोर, नेपालगंज उपमहानगरपालिका(४ गणेशपुर बस्ने राप्ति सोनारी गाउँपालिका–१ कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगंज उपमहानगरपालिका–२ घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० घर भएका १६ वर्षीय किशोर रहेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077