Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्यरातमा सेनाका बख्तरबन्द गाडीले यसरी फन्को मारे चक्रपथ

काठमाडौं।  नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति काठमाडौं उपत्यकाको चक्रपथ फन्को मारेको छ ।

बख्तरबन्द गाडीहरू राति दश बजे सितापाइलस्थित ब्यारेकबाट एकसाथ निस्केका थिए र उनीहरूले कलंकी सातदोबाटो, चाबहिल हुँदै २७ किलोमिटर घुमेका छन् ।

नियमित अभ्यासबाहेक बख्तरबन्द गाडी सुरक्षा जोखिम उच्च भएको बेला सेनाले सडकमा निकाल्ने गर्छ।  जुन सुरक्षा रणनीति अन्तर्गत पर्ने वताइन्छ ।

२१ माघमा पनि सेनाले ७ वटै प्रदेश र उपत्यका पृतना अन्र्तगतका मेकानाइज्ड युनिटबाट यस्तो अभ्यास गर्ने वताइएको छ ।

प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमका बीच यस्तो अभ्यास हुनुलाई भने धेरैले सरकारको राजनीतिक सन्देशका रूपमा समेत अर्थ्याएका छन् । तर  सेनाले भने यसलाई आफ्नो नियमित अभ्यास भनेको छ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले यसलाई सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077