Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

तोकिएकै मितिमा चुनाव हुन्छ, तयार भएर बस्‍नुहोस्ः प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दावी गरेका छन् । ढल्केबर सवस्टेसनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्‍त्री ओलीले संसद विघटन गरेर वैशाखमा निर्वाचन मिति घोषणा गरेको सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने दावी गरे । 

'२०७८ साल वैशाख १७ र २७ गते चुनाव हुन्छ । तपाईंहरू त्यो दिनको तयारी गर्नुहोस्। तयार भएर बस्‍नुहोस्। एक दिन पनि पर सर्दैन्," प्रधानमन्‍त्री ओलीले भने।

"चुनाव नहोस् भनेर निर्वाचन आयोगलाई धम्की दिइरहेका छन्। निर्वाचन आयोगको काम निर्वाचन गराउने हो र गराउनु पर्छ। हामी सानातिना कुरामा अल्झिएर बस्दैनौं। अब नयाँ सिराबाट देश बनाउँनतिर लाग्छौं, पार्टी बनाउँछौं। चुनावमा गएर नयाँ सरकार बनाउँछौं।" उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077