काठमाडौं । नेपाली सेनाको बख्तरबन्द गाडीले भोलि राति काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो ।
त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।
https://twitter.com/NaSpokesperson/status/1355807060789776387