Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

निर्वाचन एक दिन पनि पर सर्दैन : ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टाी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन वैशाखमै हुने बताएका छन् ।

नेकपा महानगरद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन एक दिन पनि पर नसर्ने ठोकुवा गरे ।

‘निर्वाचन सर्छ भन्‍ने हल्ला चलाएका छन् । म भन्न चाहान्छु निर्वाचन एक दिन पनि पर सर्दैन । तोकिएकै समयमा हुन्छ’ उनले भने ।

पराजित हुने डरले प्रचण्ड–नेपाल समूह निर्वाचनबाट तर्सिएको उनको भनाइ थियो । हार निश्‍चित हुने भएकाले प्रचण्ड–नेपाल समूह निर्वाचनसँग डराएको उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077