विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती र भष्मासुर रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार विराटनगरमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले आफुहरु सडकमा रहरले आएको नभई बाध्यताले आएको बताउँदै ओली राष्ट्रघाती र भष्मासुर रहेको बताए ।
‘हामी फेरि एकपटक सडकमा आएका छौ । किनभने प्रधानमन्त्री केपी ओलीजस्तो मान्छे यो देशमा जन्मियो, कम्युनिस्ट पार्टीमा जन्मियो, यो देशको प्रधानमन्त्रीका रुपमा जन्मियो तर त्यो मान्छे भष्मासुर रहेछ’ उनले भने ।
देशमा गरिबी र अशिक्षा उन्मुलन गर्नुपर्ने बेलामा ओलीका कारण सिंगो देश आन्दोलित बनेको भन्दै उनले प्रतिकृयावादी ओली प्रवृत्तिलाई परास्त गर्दै नेकपालाई समाजवादी पार्टी बनाउनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।
Leave a Reply