Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

'सूर्य चिन्हबाट चुनाव लड्न पाउनुहुन्थ्यो, दशा लागेपछि के लाग्छ'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल समूहलाई दशा लागेको बताएका छन् ।

आफ्नो समूह निकट ट्रेड यूनियन महासंघले बिहीबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सूर्य चिन्हबाट चुनाव लड्न नपाएर प्रचण्ड–नेपाल समूहलाई दशा लागेको बताए । साथै उनले प्रचण्ड–नेपाल समूहले सूर्य चिन्हबाट चुनाव लड्न नपाउने दाबी गरेका छन् ।

कहिल्यै सूर्य चिन्हबाट चुनाव नलडेका प्रचण्डले पार्टी विभाजनपछि सूर्य चिन्ह दाबी गर्न नमिल्ने ओलीको भनाइ थियो । ‘सूर्य चिन्ह बनाउने हामी, सूर्य चिन्ह दर्ता गर्ने हामी, जिन्दगीभर सूर्य चिन्हबाट चुनाव जित्ने हामी । एकपल्ट सूर्य चिन्हमा चुनाव नलडेको मान्छेले सूर्य चिन्ह मेरो हो भन्ने ? पार्टी छोडेपछि सूर्य चिन्ह ? पार्टीमा बस्दा त दिएकै थियो नि !’ ओलीले भने, ‘सूर्य चिन्हबाट चुनाव लड्न पाउनुहुन्थ्यो । दशा लागेपछि के लाग्छ । यही बसेको भए सानदार सफलता हुन्थ्यो । हेर दशा लागेको उहाँहरूलाई ! अब उहाँहरूले जित्नुहुन्छ चुनाव ?’

अहिले केही तत्वले मजदुरहरुलाई झुटा सपना देखाएको भन्दै ओलीले त्यस्ता तत्वबाट मुक्त हुन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077