Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुप्तचरका प्रहरीलाई हत्या गरी फरार परियार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

बाँके जिल्लामा नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रविण थापाको हत्या गरी फरार रहेका अभियुक्त विवेक परियारलाई सीआईबीले भक्तपुरबाट पक्राउ गरेको छ।

२७ बर्षिय थापा विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेका थिए। नेपालगञ्ज उपमहानगरपालिका–१८ मा बस्ने थापाको शव टाउको र अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेले प्रारम्भिक अनुसन्धानमा नै थापाको हत्या भएको आशंका गरी अनुसन्धान थालेको थियो। सो क्रममा सीआईबीसँग सहयोग माग गरिएको थियो।

हत्या गरी फरार रहेका परियार भक्तपुर चाँगुनारायण नगरपालिका–९मा लुकिछिपी रहेको अवस्थामा विहीबार पक्राउ गरिएको सीआईबी प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।

उनका अनुसार पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धान गरी थप कारबाहीका लागि बाँके जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077