Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र इस्टोनियाको प्रधानमन्त्रीमा काजा काल्लास नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री काल्लासलाई आज पठाएको बधाई सन्देशमा उनले इस्टोनियाली जनतामा निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।

सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चका साथै युरोपेली सङ्घको संयन्त्रमार्फत इस्टोनियासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपालको चाहना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077