Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एघार भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले नेविसंघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान संघ, नेपाल भूतपूर्व सैनिक संघ, आदिवासी जनजाति संघ, नेपाल ठाकुर समाज, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल तामाङ संघको म्याद थप गरेको हो ।

बैठकले थपिएको ६ महिनाभित्र अधिवेशन गर्न पनि भ्रातृ संगठनलाई निर्देशन दिएको छ । यसअघि पनि कांग्रेसले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनको म्याद थप गर्दै आएको थियो ।

साथै मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । निर्वाचन क्षेत्र र स्थानीय तहकेन्द्रित विरोध प्रर्दशन गरिसकेको कांग्रेसले अब माघ १९, २४ र ३० गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077