Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सर्वोच्चमा वकिल प्रकरण

    संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग

    संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जारी रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । संसद विघटनविरुद्ध परेका रिट निवेदनमाथि जारी सुनुवाईअन्तर्गत सोमबारको बहसमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले ओलीमाथि कारबाहीको माग गरेका हुन् ।

    वरिष्ठ अधिवक्ता भण्डारीले सोमबार बहसका क्रममा प्रधानमन्त्री ओलीले गरेको टिप्पणीलाई लिएर संवैधानिक इजलासको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध बहस गरिरहेका भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘सर्वोच्च अदालतमा बाजे वकिललाई बहस गर्न लागेर के तमासा देखाउन लगिएको हो?’ भनेर व्यङ्ग गरेका थिए ।



    सोही विषयलाई लिएर वरिष्ठ अधिवक्ता भण्डारीले सोमबार इजलासमा बहस सकिएलगत्तै उठेर इजलासको ध्यानाकर्षण गराएका हुन् ।



    ‘यो उमेरको मान्छेलाई त्यसरी हेयको दृष्टिकोणले सार्वजनिक बोल्न मिल्छ? श्रीमानहरुले यसमा कारवाही गर्नुपर्‍यो,’ भण्डारीको भनाइ उद्धृत गर्दै इजलासमा सँगै रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले भने । थापाले बहसका क्रममा पनि प्रधानमन्त्री ओलीले गरेको टिप्पणीको विषय उठाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार