Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

देशद्रोही तत्वलाई चुनावबाट ठेगाना लगाइन्छ : केपी ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवम्प्र धानमन्त्री केपी शर्मा ओलीले देशको अहितमा काम गर्ने तत्वहरुलाई आगामी निर्वाचनबाट ठेगाना लगाउने चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिसँग अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी वैशाखमा हुने मध्यवती निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगाना लगाउने बताए ।

'देश अगाडि बढ्छ। अगाडि बढाउनुपर्छ। आगामी वैशाखमा हुने निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगाना लगाउने यो अवसरलाई लिएका छौं,'उनले भने।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जाँदा उल्टै आफूलाई तानाशाही भएको आरोप लगाएको बताए । 'संसद विघटन भएको असंवैधानिक भयो अलोकतान्त्रिक भयो भनेर कराउँदैछन्। ती कराउने मानिसहरु संविधान विरोधी, ती लोकतन्त्र विरोधी, देशविरोधी र जनविरोधी मान्छे हुन्। जो कराइरहेका छन्,' उनले भने,' देशमा अस्तव्यस्ता खडा गर्ने। बहुमतको सरकार तोडेर अनि जोरजाम सरकार बनाएर स्थितरताको नाटक गर्ने।'

ताजा जनादेशका लागि जनतामा जाऔं भन्दा आफू तानाशाही नभएको तर्क गर्दै प्रधानमन्त्री ओलीले आफ्नो र अरुको काम के भयो भनेर जनताले फैसला गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077