Online Nepal
  • बुधबार, १० पुष २०८१
  • घुस लिएको अभियोगमा २ कर्मचारी पक्राउ

    घुस लिएको अभियोगमा २ कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

    आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षकद्वय सुमित चौलागाइँ र मनोज थापा सेवाग्राहीसँग पाँच हजार घुस माग्दा माग्दै आज पक्राउ परेका थिए ।



    आयोगले उनीहरुलाई जिल्लाको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट पक्राउ गरेको हो ।



    आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार