Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नेता नेपालले भने-ओलीले रातारात केन्द्रीय सदस्य थप्दैमा नेकपा र सूर्य चिन्ह पाउँदैनन्

सुर्खेत । पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको बताएका छन् ।

ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको उनले आरोप लगाए ।

शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘ओलीलाई देशको चिन्ता छैन, संविधानको चिन्ता छैन । जनताको चाहनामाथि खेलबाड गर्नेकाम ओलीबाट भएको छ ।’ साथै नेता नेपालले ओलीको पक्षमा जनता धेरै नरहेको भन्दै बिहीबार गरिएको कार्यक्रमको प्रसंशा गरे । उनले भने, ‘ओलीको कदम कत्तिको ठिक हो भन्ने कुरा हिजो कर्णालीले पुष्टि ग¥यो नी ! उनले संविधानमाथि ‘कु’ गरेका छन्, अब जनता जाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077