Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चालकसँग घुस असुल्ने तीन प्रहरी पक्राउ, हाकिमलाई उन्मुक्ति

चितवन । बागमती प्रदेश मातहतका प्रहरी कार्यालयहरुमा चरम घुस असुली बढेपछि कारबाही प्रक्रृया शुरु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको टोलीले २ जना ट्राफिक र एक जनपथ प्रहरीलाई घुस लिएको आरोपमा पक्राउ गरी अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका २ जना ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालय नारयणगढका १ जना प्रहरी हुन् ।

पक्राउ पर्नेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत हवल्दार लोकबहादुर घर्तीमगर र जवान जमुना खड्का र अर्का एक जवान रहेका छन् ।

मंगलबार बेलुका नारायणगढको पुल्चोकबाट पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

निषेधित क्षेत्रमा सवारी साधन रोक्ने र पार्किङ गर्ने म्याजिक तथा अटो रिक्सा चालकसँग घुस लिंदालिंदै उनीहरु पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा सवारी चालकहरुले एक पसलमा पैसा जम्मा गर्ने र प्रहरीले सोही पसलबाट पैसा लिने गरेको खुलिसकेको छ ।

सोही घटनामा संलग्न रहेको आरोपमा चारजना सवारी चालक र पसल सञ्चालकलाई पनि पक्राउ गरिएको बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका प्रहरीहरु जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङ र चतवन ट्राफिकका प्रमुख इन्सपेक्टर दयाकृष्ण भट्ट निकट रहेको प्रहरी स्रोत बताउँछ ।

भट्ट कवाडी मोटरसाईकलको केसमा पनि रकम असुलेर बद्नाम भएका प्रहरी अधिकारी हुन् ।

एसपी गुरुङ आफ्नो कार्यकाल सकिन लागेर सरुवाको तयारीमा छन् । सरुवाको मुखमा उनले चितवनका रेष्ट्ररेन्टदेखि ट्रान्सपोर्टहरुसँग असुली धन्दा चलाएको नारायणगढकै एक व्यवसायी बताउँछन् ।

प्रदेश प्रहरी कार्यालयले भने तल्लो तहका प्रहरीहरुलाई कारबाही गरी हाकिमलाई उन्मुक्ति दिएपछि सानालाई ऐन ठूलालाई चैन भन्ने उखान चरितार्थ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077