Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रचण्ड-माधब समूहका कार्यकर्ताले ओली समुहका वडाअध्यक्षको टाउको फुटाइदिए

हुम्ला । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले हुम्लाका एक वडाध्यक्षकाे टाउकाे फुटाइदिएका छन् ।

अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रंग थापालाई प्रचण्ड–माधव समूहले आक्रमण गरेर घाइते बनाएका हुन् । वडाध्यक्ष थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निकटका हुन् ।

वडा नम्बर १ को कल्ख्यामा ओली समूहले वडा कमिटी गठन गरेपछि वडाध्यक्ष थापासहितको समूहमाथि प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले आक्रमण गरेको जनाइएको छ ।

वडा कमिटी गठन गरेर फर्कने क्रममा आइतबार बाटोमा ढुकेर बसेका प्रचण्ड–माधव समूहका कार्यकर्ताले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077