Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

केपी ओली भन्छन् – प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जवाफदेहिता लिन तयार छु

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जवाफदेहिता लिन तयार रहेको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले आफूले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिन तयार रहेको बताए । आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको पनि कार्यक्रममा बताए ।

निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077