Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चार न्यायाधीशसँग प्रधानमन्त्रीको भेट : संवैधानिक इजलासमा मै प्रश्न उठ्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चार जना न्यायाधीशहरुबीच भेटवार्ता भएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेको छ ।

संसद विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा रिट निवेदक एवम् विघटन भएको प्रतिनिधि सभाकी सदस्य शशी श्रेष्ठले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका न्यायाधीशहरुले भेट्नुले गम्भीर प्रश्न् उठेको बताइन् ।

उनले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका न्यायाधीशहरुले भेट्नुले गम्भीर प्रश्न् उठेको बताइन् । उनले संवैधानिक इजलासमा भनिन्, 'न्यायाधीशहरु सपना प्रधान मल्ल, दिपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीलाई भेट्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत छ।'

यस्ता गतिविधिले जनतामा न्यायालयप्रति विश्वास टुट्ने श्रेष्ठको भनाइ थियो । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले यस्ता कुरा इजलासमा नराख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077