Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओली समूहद्वारा 'साइबर फोर्स' गठन

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली समूहले कर्णालीमा पहिलोपटक साइबर फोर्स गठन गरेको छ। सरकारले गरेका राम्रा काम जनतासम्म सहज र छिटो पुर्‍याउने उद्देश्यले कर्णालीमा उक्त साइबर फोर्स गठन भएको हो।

केन्द्रमा साइबर सेना गठन नहुँदै युवा संघको विभागका रुपमा पहिलोपटक कर्णालीमा विद्यार्थी नेता राजेन्द्र अधिकारीको नेतृत्वमा साइबर फोर्स गठन गरिएको छ।अधिकारीलाई साइबर फोर्सको कर्णाली प्रदेश प्रमुख भनिएको छ। उक्त फोर्समा उनीसहित २८ जना सदस्य रहेका छन्।

कर्णालीको जाजरकोटमा पनि उक्त फोर्स गठन भएको र अन्य जिल्लामा विस्तारको प्रक्रिया अगाडि बढाइएको साइबर फोर्स कर्णालीका प्रमुख अधिकारीले बताए।

अहिलेको पुस्ता सोच, विचार र क्रियाकलाप सामाजिक सञ्जालमा प्रयोग गर्दै आएको हुँदा इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जाल प्रयोग गर्न साइबर फोर्स गठन गरिएको उनको भनाइ छ।

सबैखाले कूरीति, कूसंस्कार, प्रतिगमन, गैरराजनीतिक क्रियाकलापविरुद्ध सामाजिक सञ्जालमार्फत जनतासम्म सचेतना अभियान सञ्चालन गर्ने साइबर फोर्स कर्णालीले जनाएको छ। व्यक्तिवादी चिन्तनबाट माथि उठेर राष्ट्रिय हितमा भएका गतिविधिको जनतामा प्रष्टरुपमा सचेतना जागृत गर्ने कार्य साइबर फोर्सले गर्ने बताइएको छ। सरकारले गरेका जनमुखी, विकासका कामहरुको जनतामा सही जानकारी छिटो छरितोरुपमा सामाजिक सञ्जालमार्फत पुर्‍याउने कार्य गर्ने साइबर फोर्सको प्रमुख उद्देश्य हो। प्रगतिशिल कम्युनिस्ट विचार सिद्धान्त व्यवहारसम्बन्धी ज्ञानमूलक जानकारी प्रदान गर्ने तथा प्रचारप्रसार गर्नेसमेत उक्त फोर्सको उद्देश्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077