Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी हवल्दार घुस रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस रकमसहित प्रहरी हबल्दारलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारी रहेका छन् ।

भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ।

विशेष सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले हवल्दार भण्डारीलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077