Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पविरुद्ध महाभियोग लगाउने डेमोक्रेटिक पार्टीको योजना

एजेन्सी । अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको धारा अघि बढाउने योजना बनाएको छ ।

बुधबार संसद् भवनमा भएको हिंसात्मक प्रदर्शनमा ट्रम्प जोडिएकाले यस्तो योजना बनाइएको हो ।

घटनापछि अमेरिकाको तल्ला सदन हाउसकी स्पिकर न्यान्सी पेलोसीले तत्काल राजीनामा नदिए ट्रम्पविरुद्ध महाभियोग लगाउन सकिने बताएकी थिइन् ।

प्रदर्शनका लागि उचालेको अभियोग तल्लो सदनमा सोमबार डेमोक्रेटिकहरुले अघि बढाउने तय गरेका छ । संसद्मा भएको हुलदंगाका लागि ट्रम्पले प्रदर्शनकारीलाई उचालेको उनीहरुको आरोप छ । यस घटनामा पाँचजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077