Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'प्रचण्ड र नेपाल राष्ट्रियता विरोधी हुन्'

बाग्लुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले राष्ट्रियता विरोधी क्रियाकलाप गरिरहेको आरोप लगाएका छन्।

नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार बाग्लुङ बजारमा गरेको कार्यकर्ता भेलामा मुख्यमन्त्री गुरुङले प्रचण्ड र नेपालको क्रियाकलाप देश, सरकार र राष्ट्रियता विरोधी भएको आरोप लगाए ।

उनले तिनै दुई नेताको पद लोलुपताले नेकपा विभाजनको अवस्थामा पुगेको बताए। साथै, उनले राष्ट्रियता विरोधी शक्तिलाई परास्त गर्न एकजुट हुनुको विकल्प नभएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले पार्टीको निर्वाचित अध्यक्षलाई सधैं अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद भंग गर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077