Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • नेकपा सम्धी, छोरी, बुहारीवाला पार्टी होइन : प्रधानमन्त्री ओली

    नेकपा सम्धी, छोरी, बुहारीवाला पार्टी होइन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.3K
    SHARES

    धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नातावादी पार्टी नभएकाे बताएका छन् ।

    शुक्रबार कैलालीको धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ लक्षित गर्दै नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी नभएको बताए ।



    प्रतिनिधि सभा विघटनपछि पार्टीबाट अलग भएको समूहप्रति व्यङ्ग्य गर्दै ओलीले प्रचण्ड र नेपाललाई छोरी, बुहारी र सम्धीको मात्र मतलब भएको भन्दै नेकपा उनीहरुको हुनै नसक्ने दाबी गरे। उनले पार्टी हाम्रो भनेर गफ नगर्न प्रचण्ड-नेपाल समूहलाई सुझावसमेत दिए।



    ‘उहाँहरुले ठूलाठूला कुरा गर्नु भएको छ। पार्टी उहाँहरुको अरे ! जसलाई छोरीको मतलब छ। जसलाई बुहारीको मतलब छ। जसलाई जनताको मतलब छैन। जसलाई आफन्तको मतलब छ। तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो यो ? यो पार्टी सम्धीवाला होइन’, ओलीले भने, ‘यो पार्टी छोरी–बुहारीवाला पार्टी होइन। यो पार्टी भाइ भतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरुको पार्टी हो। देश बनाउने पार्टी हो। यो जनताको पार्टी हो । त्यसकारण उहाँहरुले निरर्थक गफ नगरे हुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार