Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्री ओलीलाई लोकतन्त्र विरोधी भनेर अपनाम गर्न हुन्नः मुख्यमन्त्री पोखरेल

    प्रधानमन्त्री ओलीलाई लोकतन्त्र विरोधी भनेर अपनाम गर्न हुन्नः मुख्यमन्त्री पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताएका छन् ।

    कपिलवस्तुमा भएकाे एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर प्रतिनिधि सभा विघटन गरेको दावी गरे ।



    उनले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहका नेताहरुलाई सुझाव समेत दिएका छन् ।



    प्रदेश सरकारले हुलाकी सडक निर्माणलाइ प्रथामिकतामा राखेर काम गरिरहेकाे बताउदै उनले सडक निर्माण पछि नागरिकहरुको दैनिकीमा समेत परिवर्तन हुने बताए ।

    मुख्यमन्त्री पोखरेलले सुकुम्बासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई सरकारले तत्काल लालपुर्जा उपलव्ध गराउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार