Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भारतीय एसएसबीले कञ्चनपुरमा गाेली चलायाे, १ नेपाली घाइते

    भारतीय एसएसबीले कञ्चनपुरमा गाेली चलायाे, १ नेपाली घाइते

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 4.7K
    SHARES

    फाइल तस्बिर

    महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकास्थित नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोलीको छर्रा लागेर महाकाली नगरपालिका – १ का नरेन्द्र लुहार घाइते भएका छन् ।  सीमाक्षेत्रमा गोली चलेपछि प्रहरी टोली परिचालन गरिएको छ।



    घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ।



    स्थानीय बासिन्दाहरुले  भारतीय एसएसबीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएको वताए पनि नेपाल प्रहरीले भने घटनाको आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

    गोली एसएसबीले चलाएको हो वा वन रक्षकले चलाएको हो ? खुल्न नसकेको प्रहरीको भनाइ छ। भारतीय वन क्षेत्रमा  पात टिप्‍न गएका बेला लुहारमाथि गोली चलेको वताइएको छ।

    घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दोधारा- चाँदनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएकाे छ।

    घाईतेलाई अहिले महाकाली अस्पतालमा ल्याउने काम भईरहेको छ। गोली चलेको ठाउँ नजिकै एसएसवीको क्याम्प समेत रहेको छ।

    आजै मात्र एसएसबीले इलामकाे पशुपतिनगर हिलेभञ्ज्याङमा एकतर्फी रूपमा खम्बा गाढेपछि बिबाद भएको थियो। एसएसबीले आफ्नो गल्ती भएको स्वीकारेको थियो।

    इलामाकाे सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोलीसँग एसएसबीले आइन्दा सहमतिबिना दशगजामा कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएकाे थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार