काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पर्टी विभाजन गर्नका लागि ३ सय १५ बैठक बसेकाे बताएका छन् ।
आफूनिकट विद्यार्थीको भेलामा ओलीले पार्टी विभाजनका लागि पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले ३ सय १५ बैठक गरेको बताए । साथै उनले वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म ३ सय १५ बैठक बसेकामा २ सय ८० बैठक दाहाल निवास खुमलटारमा बसेको दावी गरे ।
बिहान बालुवाटारमा बसेर कहाँ कति बैठक बसेका रहेछन् भनेर गणना गर्दा उक्त संख्या पत्ता लागेको ओलीको भनाइ थियो । उनले एक/दुई जनाका भेटलाई त्यसमा गणना नगरेको बताए ।
‘वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २८० बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरेँ । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अँगेनाको डीलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा,’ प्रधानमन्त्री ओलीले भने ।
उनले जहाँ जो नेतालाई भेट्यो त्यहाँ नै हस्ताक्षर गराएर पार्टीबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई हटाएको व्यहोरा टाँस्ने गरेको दाबी गरे ।
Leave a Reply