Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भाेलि बस्ने राष्ट्रिय सभा बैठकको कार्यसूची तय

    भाेलि बस्ने राष्ट्रिय सभा बैठकको कार्यसूची तय

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची तय गरेको छ ।

    बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रियसभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।



    बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।



    त्यस्तै राष्ट्रियसभाका अध्यक्षबाट जारी भएको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय- पहिलो संशोधन) अध्यादेश २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने सम्भावित कार्यसूची छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ पेस गर्ने तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्ने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी, प्रतिनिधिसभा सदस्यद्वय सानु शिवा र सूर्यबहादुर केसी, प्रतिनिधिका पूर्वसदस्य ओमकारप्रसाद गौचन र राष्ट्रियसभाका पूर्वसदस्यद्वय दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बूको निधनमा राष्ट्रियसभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार