Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कांग्रेस नेता सिंहले भने- संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताएका छन्।

नयाँ बानेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर १ को विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सिंहले वक्तव्य जारी गरेर बस्न नसक्ने बताएका हुन् ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको भन्दै उनले सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने बताए ।

संसद विघटनको विरोधमा प्रमुख विपक्षी कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन समेत डराएर संसद विघटन गरेको तर, झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको सरकार भन्दै हिँडेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077