Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पोर्न साइटमा प्रेमिकाकाे अस्लिल भिडियो राखेर ब्ल्याकमेल गर्ने प्रेमी पक्राउ

काठमाडौं । प्रेमिकाको नग्न तस्वीर, भिडियो विभिन्न पोर्न साइटमा अपलोड गरि ब्ल्याकमेल गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला घर भएकी थाइल्याण्ड बस्दै आएकी परिवर्तित नाम पारिजात गरेकी युवतीलाई हेटौडा उपमहानगरपालिका ४ बस्ने आस्लम अन्सारीले नग्न तस्वीर भिडियो पोर्न साइटमा अपलोड गरि एक हजार ९८ डलर ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्सारीले ती युवतीको भिडियो र तस्विर इन्टरनेटको प्रयोग गरि पोर्न साइटमा अपलोड गरिदिएका थिए ।

भिडियो पोर्न साइटबाट हटाउनका लागि भने १ हजार ९८ डलर माग गर्ने गरेको प्रहरीले जनाएको छ । उनलाई हेटौडाबाट साइबर ब्युरोले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती युवतीसँग अन्सारीले प्रेमको नाटक गरेर थाइल्याण्डसम्म पुगेका थिए ।

तर, पक्राउ परेका अन्सारी विवाहित रहेको थाहा पाएपछि युवती सम्पर्कबाट टाढिएकी थिइन् । युवती टाढिएपछि नै अभियुक्त अन्सारीले ब्ल्याकमेलिङ गर्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077