Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हत्या आरोपमा दुई जना पक्राउ

झापा । झापामा एक पुरूषको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र उनका भतिजा २८ वर्षीय भयंकर भन्ने भुखन किसान रहेका प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाका अनुसार उनीहरूमाथि ४२ वर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या गरेको आरोप छ।

उनीहरू दुवै जना पर्शुरामको घरमा अबेरसम्म बसेर मादक पदार्थ सेवन गरेको डिएसपी थापाले बताए। तर शुक्रबार बिहान भने उनीहरू दुवै जना फरार थिए। खोजतलास गर्ने क्रममा प्रहरीले बुधलाल किसानलाई मंगलबार गाउँघरबाट फेला पारी पक्राउ गरेको थियो।

गत शुक्रबार बिहान साढे ७ बजे पर्शुरामको शव उनको घर आँगनमा फेला परेको थियो । उनको ‍शरीर रगतले लतपतिएको र टाउकोमा चोटसमेत लागेको थियाे ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077