Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतले भने -प्रचण्ड भित्ते राष्ट्रपति हुँदै फेसबुके प्रधानमन्त्री बन्ने पक्का, हार्दिक बधाई

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपाको प्रचण्ड-माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' फेसबुके प्रधानमन्त्री बन्न लागेको दाबी गरेका छन्।

सामाजिक सन्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले भनेका छन् , 'नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाबिपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क.प्रचण्डको ०६४ सालको चुनाब अगाडि भाबी कार्यकारी राष्ट्रपति भनेर खुव बाल पेन्ट गराईयो, फोटो टाँसियो। संबिधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय व्यबस्थामा सम्झौता गर्नु भयो। अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो। आज फेरि बिगठीत प्रतिनिधसभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता हुनु भएछ। अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क.प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ। हार्दिक बधाई छ।'

नेता बस्नेतले पार्टीभित्र विवादको बखेडा झिकी नेपाली जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्ने  प्रचण्ड तथा माधव नेपालले नेतृत्व गरेको गुटले राजनीतिमा सुनामी ल्याउनेनभई खरानी हुने चेतावनी दिएका छन् ।

सिन्धुलीमा युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा आयोजना गरेको पार्टीको वर्तमान अवस्था र भावी योजनाका विषयमा आफ्नो धारणा राख्दै नेता बस्नेतले प्रचण्डले शसस्त्र युद्धको समयमा समेत मुलुकमा परिवर्तनको सुनामी ल्याउने उद्घोष गर्दै १७ हजार नेपालीको ज्यान लगेको तर सुनामी नभई २०६४ देखी २०७४ सम्मको निर्वाचनमा आइपुग्दा खरानी हुने दिशा तय गरि लोपन्मुख हुने चरणमा पुगेको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077