Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चकाे आदेश कुरेर नबसाैं, सडक संघर्ष सुरू गराैं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संसद विघटनविरुद्ध कांग्रेस सडकमा उत्रिइहाल्नुपर्ने बताएका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा बुधबार उनले पार्टी पदाधिकारी बैठकले असंवैधानिक र अलोकतान्त्रिक भनी गरेको ठहरबाट दायाँबायाँ नगरी सडक संघर्षमा जानुपर्ने बताएका हुन् ।

'संसद चुनाव गर्नका लागि विघटन गरिएको होइन, हामीले सर्वोच्च अदालतले के भन्छ भनेर कुरेर बस्ने होइन, कांग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउने हो,' थापाले बैठकमा भने ।

'सडकमा हामी गएनौं भने अर्को कोही जान्छ, सडक कहिल्यै खाली हुँदैन,' बैठकमा थापाले भने, 'असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो खुल्दैन ।'

केन्द्रीय समितिको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यले कांग्रेसले सडक संघर्षमा नभइ चुनावको तयारीमा जानुपर्ने बताएका थिए । थापाले भने संसद पुनस्थापना नभई प्रतिगमन नसच्चिने भन्दै असंवैधानिक तरिकाबाट हुने चुनावमा कांग्रेस जान नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077