Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओलीकै गृहजिल्लामा राजीनामा माग गर्दै प्रदर्शन

झापा । जनता समाजवादी पार्टी नेपालले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम अलोकतान्त्रिक, असंवैधानिक, प्रतिगामी र संसदीय व्यवस्थाको मूल्य, मान्यता र विधिको शासन विपरित रहेको भन्दै जसपाले बिर्तामोडमा प्रदर्शन गरेको हो ।

नेकपाभित्रको पद, प्रतिष्ठा र आपसी द्वन्द्वका कारण प्रधानमन्त्री ओलीले स्वेच्छाचारी निर्णय गरी हतारमा जनादेश प्राप्त प्रतिनिधि सभा विघटन गरेको जसपाको आरोप छ ।

ओली नेतृत्तवकाे सरकारले प्रतिनिधिसभा विघटन गरेपछि देशभर प्रदर्शन भइरहेकाे छ ।

सत्तारूढ दल नेकपाकै कार्यकर्ताले पनि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077