Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रचण्डको अध्यक्ष पद बादललाई दिंदै ओली

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पार्टी अध्यक्ष बन्नको लागि प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाको कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टिएपछि उनको स्थानमा बादललाई ल्याउने तयारी गरेका हुन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले प्रचण्ड निकट मानिएका बादलालाई पार्टी अध्यक्षको प्रस्ताब गरेको स्रोतले दावी छ ।

नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउने प्रयास गरिरहेका बेला ओलीले बादललाई अध्यक्ष बन्नका लागि प्रस्ताब गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077