Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली प्रधानमन्त्री बनेदेखि नै तानाशाही र निरंकुश शासक बने : झलनाथ खनाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले नेतृत्वमा आएदेखिनै गुटबन्दी गर्दै निरंकुश र तानाशाही बन्ने बाटाेमा लागेकाे बताएका छन् ।

काठमाडाैंकाे बबरमहलमा भएकाे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधनकुमार नेपाल समूहको केन्द्रीय समितिको भेलालाई सम्बोधन गर्दै नेता खनालले भने, ‘पूर्वएमालेमा हुँदा पनि केपी ओलीले गुटबन्दी गरे। छैटौँ महाधिवेशनमा गुटबन्दी गरे । यस्तै सातौँ, आठौँ र नवौँसम्म गुटबन्दी नै गरे। एकता भएपछि सुध्रेलान् भनेको त फेरि पनि गुटबन्दी गरे उनले । र त्यसै अनुसार सरकार चलाए।’

नेता खनालले प्रधानमन्त्री बनेदेखि ओली निरङ्कुस, तानाशाहीजस्तो शाशक बनेको आरोप लगाए । उनले भने, ‘पार्टीलाई भर्याङ बनाएर जानु भो, तर पार्टीका लक्ष्य, निर्णयलाई मान्नुभएन । मनपरि ढंगले अघि बढ्नु भो। क्याविनेट फर्मेसन गर्दा पूर्वमाओवादीलाई प्रतिनिधित्व गर्नु भो तर पूर्वएमालेमा गुटका मान्छेलाई मात्रै लिनु भो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077