Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालले भने- अब एमाले ब्यूँतन सक्दैन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् ।

प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने,‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुबै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन।’

पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको उनले बताए । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं ।’

पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिन्ह मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानूनी आधार नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077