Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी महाधिवेशन मंसिर २ गते गर्ने ओली समूहको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले महाधिवेशनकाे मिति तय गरेकाे छ।

आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय ओली समूहको केन्द्रीय समिति बैठकले गरेको हाे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेकाे एक नेताले बताए।

बिहीबार ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ । बैठकले तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको छ।

यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक पनि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077