Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।

बिहान नौ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु पर्ने भन्दै ढिला सुरु गरिएको छ ।

यसअघि नै स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077