Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली सरकारले जनतामाथि कुठाराघात गर्‍याे : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटनको कदमविरुद्ध जनतामाझ गएर संघर्ष गर्ने बताएका छन ।

सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कम्युनिस्टले जनतामाथि कुठाराघात गरेको आरोप लगाए । राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको कदमविरूद्ध जनसंघर्ष गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताएका छन् ।

राप्रपाका अर्का अध्यक्ष पशुपति शम्भेर राणाले संविधानको कुनै दफा प्रयोग नगरि सरकारले संसद विघटन गरेको आरोप लगाए । उनले मन्त्रीपरिषद्ले सिफारिस गरे पनि राष्ट्रपतिले कुनै छलफल नै नगरी त्यसलाई पारित गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077