Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकार सत्तारूढ दलबाटै घेराबन्दीको सिकार भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार घेराबन्दीको सिकार भएको बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो समयदेखि आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिइएको गुनासो गरेका हुन् ।

संसद विघटनपछि विकसित घटनाक्रमलाई लिएर सम्बोधन गरेका उनले सरकारलाई निरन्तर काम गर्नबाट रोक्न खोजेपछि आफूले पछिल्लो कदम चालेको प्रस्टीकरण दिएका हुन् ।

पार्टीमा लामो समयदेखि विवाद चल्दै आएको र सोही विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षका बीचमा कार्यविभाजन गरी एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीका काम गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको उनकाे जिकिर थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077