Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो बताएका हुन् ।

उनले छलफल र सबै पक्ष बसेर अझै पार्टी र संकट समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

बादलको भनाइलाई उद्धृत गर्दै उनका सल्लाहकार सूर्य सुवेदीले भने भने,“अन्तिमसम्म एकताको प्रयास गर्छु । तर जे भयो दुर्भाग्यपूर्ण भयो ।

दुई भागमा पार्टी विभाजन हुने अवस्था आयो भने मैले सबै कुरा बुझेर निर्णय लिन्छु ।

अन्तिमसम्म पनि एकताकै पक्षमा रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले आजै विघटित प्रतिनिधिसभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका थिए  ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा राष्ट्रिय सभाका समेत सांसद उपस्थित भए पनि गृहमन्त्री रामबहादुर थापा 'बादल' उपस्थित भएनन्  ।

बादल जस्तै अर्का उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् ।

बादल र गौतम यता न उता हुने अवस्थामा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077