Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले ९ बजे र प्रचण्ड–माधव पक्षले १ बजे बोलाए 'पूर्व' सांसदहरूकाे बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) को सहमति विनै संसद विघटन गरेपछि नेकपा लगभग विभाजनको संघारमा पुगेको छ ।

ओलीको कदमप्रति चौतर्फी रुपमा आलोचना भएपनि उनी अझैसम्म पछि हटेका छैनन् । पार्टी भित्र र सरकारका विवाद उत्कर्षमा पुगेका बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।

ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन एसएमएस पठाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ ।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।

विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षले संकलन गरेको सांसदहरुको हस्ताक्षरलाई आधार मान्ने हो भने संसदीय दलमा ओली अल्पमतमा छन् ।

प्रचण्ड–नेपाल पक्षले करिब ९० सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077