Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

संसद विघटन हुनु अघि नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्‍वास प्रस्ताव दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले आइतबार बिहान नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकाे अहिले खुलेकाे हाे ।

संसद् सचिवालय स्रोतका अनुसार बिहानै भीम रावल र पम्फा भुसाललगायतले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । यसअघि राष्ट्रपतिसमक्ष विशेष अधिवेशन आह्वान गर्दै दर्ता गराउन खोजेकोमा नमान्दा उक्त प्रस्तावलाई अविश्वासमा रुपान्तरण गरिएको दाहाल-नेपाल समूहको दाबी छ ।

अविश्वासको प्रस्तावमा केही मन्त्रीहरूले पनि नाम लेखाएका छन् । अविश्वासको प्रस्तावमा नाम लेखाएका मन्त्रीले राजीनामा दिन लागेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसद रहेका बताइएको छ ।

संसद् सचिवालय स्रोतका अनुसार आइतबार साढे १० बजे पछि अविश्वासको प्रस्ताव दर्ता भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077