Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै साथीसँग लाखाै पैसा माग्ने युवक पक्राउ

काठमाडौँ । नक्कली इमेल आईडीबाट आफ्नै साथीलाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन् । चिनेकै महिला साथीलाई अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने सुमन रेग्मी पक्राउ परेका हुन् ।

रेग्मीलाई बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटार बस्ने ३३ वर्षीय रेग्मी पक्राउ परेका ब्यूरोका प्रमुख नविन्द अर्यालले जानकारी दिए ।

रेग्मीले नक्कली इमेलबाट आफ्नै महिला साथीलाई आफूसँग रहेको नग्न तस्बिर सार्वजनिक नगरिदिने हो भने ७० लाख मागेको अनुसन्धानबाट खुलेपछि प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो ।

पुर्जी लिएपछि रेग्मी पक्राउ परेका हुन् । रेग्मीले ति महिला साथीलाई यौन उत्पीडन दिने, सेक्स एक्स्ट्रोक्सन गर्ने र नग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दे हैरानी दिने गर्थे । पक्राउ परेका रेग्मीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077