Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अध्यादेश फिर्ता गरेर संसद अधिवेशन बाेलाउन कांग्रेसकाे माग

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ।

कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिएर संसद अधिवेशन बोलाउन माग गरेको हो।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतकबालकृष्ण खाँडले संविधानको भावना र मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएकाले तत्काल फिर्ता गरेर संसद अधिवेशन बाेलाउन माग गरिएकाे जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक खाँडले भने, ‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो ।’

कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077