Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कहिलेदेखि हट्छ जोरबिजोर प्रणाली ?

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको जोर-बिजोर प्रणाली भाेलिबाट हट्ने भएको छ ।

जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बिहीबार बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेकाे हाे ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।

‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077