Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११ जना सहसचिवकाे सरुवा

काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना सहसचिवहरुको सरुवा गरेकाे छ ।

सरुवा हुने सह सचिवहरुमा तारानाथ अधिकारी, झक्क आचार्य, छवि रिजाल, बुद्ध गुरुङ, बद्री अधिकारी, राजेश पौडेल, किरणराज शर्मा, मधुसुदन बुर्लाकोटी, नारायण भट्ट लगायत छन् ।

मन्त्रालयले बाग्मती प्रदेशका मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । यस्तै सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालयमा पठाइएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ ।

त्यस्तै श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोक सेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयमा पठाइएको छ भने कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077